Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • भारत सरकारद्धारा ४५ युट्युब भिडियोहरु ‘ब्लक’

    भारत सरकारद्धारा ४५ युट्युब भिडियोहरु ‘ब्लक’

    अनलाइन नेपाल
  • बुधबार, १२ असोज २०७९
  • 843
    SHARES

    एजेन्सी । भारत सरकारले फेरि पनि कतिपय युट्युब च्यालनका भिडियोहरू ब्लक गरेको छ ।

    राष्ट्रिय सुरक्षा, वैदेशिक सम्बन्ध, सार्वजनिक सुरक्षा लगायत विषयमा झुटा सूचना फैलाएको भन्दै भिडियोहरू ब्लक गरिदिएको हो ।



    सूचना एवं प्रसारण मन्त्रालयले १० वटा युट्युब च्यानलका ४५ वटा भिडियोहरू ब्लक गरिदिएको छ ।



    ‘इन्फरमेसन टेक्नोलजी रुल्स २०२१ (इन्टरमेडियरी गाइडलाइन् एन्ड डिजिटल मिडिया एथिक्स कोड) को प्रावधानअनुसार सम्बन्धित भिडियोहरू ब्लक गरिएका हुन्,’ मन्त्रालयको विज्ञप्तीमा भनिएको छ, ‘ब्लक गरिएका भिडियोहरूको एकमुष्ट भ्युअर्ससिप १ करोड ३० लाखभन्दा बढी छ ।’ मन्त्रालयले २३ सेप्टेम्बरमा भिडियो ब्लक गर्ने निर्देशन युट्युबलाई दिएको थियो ।

    ब्लक गरिएका भिडियोहरूमा झुटा र स्वरूप बंग्याइएका विवरण समावेश भएको मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार