Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • आइएमई लुटपाट प्रकरण : एक सय ४३ तोला सुनसहित तीन जना पक्राउ

    आइएमई लुटपाट प्रकरण : एक सय ४३ तोला सुनसहित तीन जना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २५ असोज २०७९
  • 816
    SHARES

    ताप्लेजुङ । आइएमई लुटपाटमा संलग्न तीन लुटेराको साथबाट प्रहरीले छ लाख १३ हजार तीन सय ४० रुपैयाँ र एक सय ४३ तोला सुन बरामद गरेको छ ।

    लुटपाटमा संलग्न चार आरोपीमध्ये तीन जनालाई सोमबार राति पक्राउ गरिएको र उनीहरूको साथबाट नगद तथा सुन बरामद गरिएको हो ।



    पक्राउ पर्नेमा फुङ्लिङ नगरपालिका–२ का २९ वर्षीय राजन भन्ने राजायन्द्र पर्तेल, झापा शिवसतासी नगरपालिका–१ का २६ वर्षीय चुनबहादुर सुनार र झापाकै अर्जुनधारा नगरपालिका–१० का २५ वर्षीय मणिराज पर्तेल छन् ।



    उनीहरुको साथबाट नगद रु छ लाख १३ हजार तीन सय ४० सहित एक सय ४३ तोला सुन सार्वजनिक गरेको हो । बरामद गरेका नगद र सुनका गरगहनाबाहेक एक थान पेस्तोल, कर्मचारीलाई नियन्त्रणमा लिनका लागि प्रयोग गरिएको सामान (डोरी, कैचीलगायत सामग्री) सार्वजनिक गरेको छ ।

    मनी ट्रान्सफरका सञ्चालक अम्बरकुमार श्रेष्ठले दिएको जाहेरीमा रु ११ लाख ६३ हजार दुई सय ५० लुटपाट भएको उल्लेख गरिएको छ । यसैगरी हाल सुनको बजारभाउअनुसार  तीन करोड ३९ लाख ९९ हजार छ सय बराबरको तीन सय ४८ तोला सुन लुटपाट भएको जनाएका छन् ।

    गत असोज १७ गते सोमबार ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा रहेको कञ्चन मनी ट्रान्सफर नामक आइएमई सेन्टरमा लुटपाट भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार