Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • नवौँ राष्ट्रिय खेलकुद : आर्मी ६१ स्वर्णसहित शीर्ष स्थानमा

    नवौँ राष्ट्रिय खेलकुद : आर्मी ६१ स्वर्णसहित शीर्ष स्थानमा

    अनलाइन नेपाल
  • मंगलबार, १ कार्तिक २०७९
  • 621
    SHARES

    पोखरा । नेपाली सेनाको त्रिभुवन आर्मी क्लब गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुदमा पदक तालिकाको शीर्ष स्थानमा रहेको छ । कुल १३९ स्वर्ण पदकको टुङ्गो लाग्दा आर्मीले ६१ स्वर्ण आफ्नो पोल्टामा पारेको छ । आर्मीले ३९ रजत र २८ कास्यसहित कुल १२८ पदक प्राप्त गरेको छ ।

    विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब दोस्रो तथा नेपाल प्रहरीको पुलिस क्लब पदक तालिकाको तेस्रो स्थानमा छन् । एपीएफ क्लबले २३ स्वर्ण, १७ रजत र १५ कास्यका साथ कुल ६५ पदक प्राप्त गरेको छ । पुलिस क्लबले १५ स्वर्ण, २५ रजत र ३३ कास्यसहित कुल ७४ पदक प्राप्त गरेको छ ।



    वाग्मती, गण्डकी र एनआरएनए क्रमशः चौथो, पाँचौँ र छैटौँ स्थानमा छन् । वाग्मती प्रदेशले १४ स्वर्ण, २२ रजत र २३ कास्यसहित कुल ५९ पदक प्राप्त गरेको छ । गण्डकी प्रदेशले १० स्वर्ण, आठ रजत र २० कास्यसहित कुल ३८ पदक प्राप्त गरेको छ । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)ले छ स्वर्ण, छ रजत र चार कास्यसहित कुल १६ पदक हासिल गरेको छ ।



    प्रदेश–१ सातौँ, मधेस प्रदेश आठौँ, सुदूरपश्चिम प्रदेश नवौँ, लुम्बिनी प्रदेश १०औँ तथा कर्णाली प्रदेश पदक तालिकाको ११औँ स्थानमा छन् । प्रदेश १ ले हालसम्म तीन स्वर्ण, आठ रजत र २१ कास्यसहित कुल ३२ पदक पाएको छ ।

    मधेसले दुई स्वर्ण, तीन रजत र सात कास्यसहित कुल १२ पदक, सुदूरपश्चिमले दुई स्वर्ण, एक रजत र ११ कास्यसहित कुल १४, लुम्बिनीले एक स्वर्ण, नौ रजत र १२ कास्यसहित कुल २२ तथा कर्णाली प्रदेशले एक स्वर्ण, एक रजत र दुई कास्यसहित कुल चार पदक प्राप्त गरेको छ । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार