Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • प्रधानमन्त्री कप क्रिकेटमा गण्डकी प्रदेशको विजयी सुरुवात

    प्रधानमन्त्री कप क्रिकेटमा गण्डकी प्रदेशको विजयी सुरुवात

    अनलाइन नेपाल
  • सोमबार, १४ कार्तिक २०७९
  • 639
    SHARES

    काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा सोमबार गण्डकी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ६९ रनले पराजित गरेको छ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा गण्डकीले प्रस्तुत गरेको २०९ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले ३२.४ ओभरमा सबै विकेट गुमाउनुअघि १३९ रनमात्र बनाउन सक्यो ।



    सुदूरपश्चिमलाई सस्तैमा समेट्न विपिन कार्कीले चार विकेट लिए । अभिषेक बस्नेत र सुवास भन्डारीले समान दुई विकेट लिँदा अमृत गुरुङले एक विकेट लिए ।



    सुदूरपश्चिमका मिलन बोहराले ५१ रन बनाए । गजेन्द्र बोहराले ३५ र वसन्त कार्कीले १० रनबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

    गण्डकीका ओपनर अर्जुन कुमालले ६३ रन बनाएका थिए । समिर कँडेलले २६ रन बनाउँदा विधान श्रेष्ठ र अभिषेक बस्नेतले समान २५ रन थपे । सन्दीप क्षेत्रीले १९, कप्तान विपिन खत्रीले १३ र कमल परियारले १२ रन जोडे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार