Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • कुलमानमाथि १ अर्व बढी लागत बढाई ठेक्का दिलाएको आरोप, ३० करोडको चलखेल

    कुलमानमाथि १ अर्व बढी लागत बढाई ठेक्का दिलाएको आरोप, ३० करोडको चलखेल

    अनलाइन नेपाल
  • बिहिबार, २४ कार्तिक २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । कीर्ते कागजात पेश गर्ने आइएमएस जेभीलाई स्मार्ट मिटर र भ्याली म्यापिङको ठेक्का दिलाएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविनमा तानिएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ फेरि अर्को ठेक्का घोटालामा पनि मुछिएका छन् । अप्पर तामाकोशी हाइड्रोपावर लिमिटेड अन्तर्गतको रोल्वालिङ खोला हाइड्रो इलेक्ट्रिक आयोजनामा घिसिङकै मिलेमतोमा एक अर्व बढी लागत बढाई ठेक्का दिएको खुलासा भएको छ ।

    पाँच अर्वमा सम्पन्न हुने इपीसी मोडलको २२ मेगावाटको उक्त आयोजनामा किरण मल्ल एजेन्ट रहेको चाइनिज कम्पनीलाई छ अर्व भन्दा बढीमा लागत स्वीकृत गराई ठेक्का दिलाइएको छ । प्राविधिक रुपमा तीनवटा कम्पनीलाई समावेश गराई एक महिना अघि ठेक्का स्वीकृत गराई मोविललाइजेसन खर्च वापत झण्डै डेढ अर्व रकम बोर्डबाट घिसिङले स्वीकृत गराइसकेको खुलासा भएको छ ।



    खुल्ला प्रतिस्पर्धा भएको भए उक्त आयोजनाको लागत एक अर्व कम हुने विद्युत प्राधिकरणकै एक उच्च अधिकारी बताउँछन् । यसमा ठेक्का मिलाउन अप्पर तामाकोशी हाइड्रोका पूर्व कर्मचारी विज्ञान श्रेष्ठले मध्यस्तता गरेको स्रोतको भनाई छ । कमिसन वापत घिसिङ र श्रेष्ठको समूहले तीन प्रतिशत हाता पारेको बताइएको छ । निर्वाचनको मुखमा सत्तारुढ र विपक्षी दलका नेताहरुलाई समेत घिसिङले उनै श्रेष्ठमार्फत कमिसन बुझाउन लागेको स्रोतको दावी छ । लागत स्टिमेट बढाउँदा मात्रै घिसिङ र श्रेष्ठको समूहले ३० करोड रकम चलखेलल गरी नेताहरुलाई बाँडफाँड गर्ने तयारी गरेको प्राधिकरणका ती अधिकारीले दावी गरे ।



    त्यस्तै अप्पर तामाकोशी हाइड्रोले नै आह्वान गरेको ९९.५ मेगावाटको इपीसी मोडलको तामाकोशी पाँचौको ठेक्कामा पनि नेपाली कम्पनी अनिवार्य गराई लामा कन्स्ट्रक्सन कम्पनी र चाइनिज जेभी कम्पनीलाई टेण्डर पार्ने गरी स्पेसिफिकेसन मिलाइएको थियो । तर, सार्वजनिक खरिद ऐनको निर्देशनका कारण उक्त ठेक्काको सेटिङ चकनाचुर भएको छ । लामा कन्स्ट्रक्सनमा घिसिङका सहोदर दाजु गणेश घिसिङ पनि संलग्न छन् । गणेशले ठेकेदार जीपछिरिङ लामाबाट उक्त कम्पनीको ४० प्रतिशत शेयर खरिद गरेका छन् । अब खुलमखुल्ला प्रतिस्पर्धा हुने भएपछि कुलमान घिसिङ त्यसमा पनि सेटिङ मिलाउन लागि परेको बताइएको छ ।

    त्यसो त कार्यकारी निर्देशक घिसिङले कतिपय आयोजनाको पावर पर्चेज एग्रीमेन्ट (पीपीए) गर्ने क्रममा पनि प्राधिकरणकै विद्युत व्यापार विभागका निर्देशक प्रवल अधिकारीमार्फत सेटिङ मिलाउने गरेका छन् । ठेक्कापट्टामा भने मनोज सिलवालमार्फत उनले कमिसन लिने गरेको स्रोत बताउँछ । प्राधिकरणमा पीपीए सम्बन्धि बार्गेनिङमा घिसिङका विश्वासपात्र उनै प्रवल अधिकारी खटिने गरेका छन् ।

    घिसिङमाथि अधिकारीमार्फत पहिलो चरणमा २६० मेगावाटको कालिगण्डकी गर्ज, १३५ मेगावाटको तमोर, १३० र २६० गरी ३९० मेगावाटको बुढीगण्डकी क र ख तथा ३५२ मेगावाटको टाइम्स इनर्जीको पीपीए गर्ने क्रममा प्रति मेगावाट ४ लाखका दरले असुलेको आरोप लागेको छ । अप्पर तामाकोशी अन्तर्गतका दुई आयोजनाको लागत, पीपीर र ठेक्कामा भएको अनियमितताको विषयमा घिसिङसँग प्रतिक्रियाका लागि बारम्बार सम्पर्क गर्न खोज्दा पनि उनी सम्पर्कमा आउन चाहेनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार