Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • नेपालविरुद्धको दोस्रो खेलमा यूएईले दियो १९२ रनको लक्ष्य

    नेपालविरुद्धको दोस्रो खेलमा यूएईले दियो १९२ रनको लक्ष्य

    अनलाइन नेपाल
  • बुधबार, ३० कार्तिक २०७९
  • 648
    SHARES

    काठमाडौं । नेपालविरुद्धको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत दोस्रो खेलमा यूएई १९१ रनमा अलआउट भएको छ ।

    सोमपाल र ललित तीन-तीन विकेट लिएका छन् । त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको यूएईले ४३.२ ओभरमा अलआउट हुँदै १ सय ९१ रनको योगफल तयार गर्‍यो ।



    नेपालको बलिङमा सोमपाल कामी र ललितनारायण राजवंशीले सबै बैभन्दा धेरै ३/३विकेट लिए । यस्तै, करण केसी, गुलसन झा, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले समान १ विकेट लिए ।



    यूएईका लागि ओपनर मोहमद वासिमले सर्वाधिक ५० रनको योगदान गरे । उनले ४६ बलमा ३ चौका र ४ छक्का प्रहार गर्र्दै अर्धसतक बनाएर पभेलियन फर्किए ।

    आलिसन शराफु ३५ रनमा आउट हुँदा वृत्य अरविन्दले २५ रन जोडे । बासिल हमेद २४ रनमा आउट हुँदा कप्तान चुुन्दाङपोयल रिजवानले २२ रनको योगदान गरे ।

    भिस्नु सुकुम्रन १५ रन जोडेर पभेलियन फकँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । पहिलो खेलमा नेपाल यूएईसँग ८४ रनले पराजित भएको थियो । श्रृंखला जित्ने आशा बचाई राख्न आजको खेल जित्नैपर्ने दबाब नेपाललाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार