Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • निर्वाचनको पर्यवेक्षणका लागि जापानी विदेश राज्यमन्त्री नेपाल आउँदै

    निर्वाचनको पर्यवेक्षणका लागि जापानी विदेश राज्यमन्त्री नेपाल आउँदै

    अनलाइन नेपाल
  • बिहिबार, १ मंसिर २०७९
  • 588
    SHARES

    काठमाडौं । मित्रराष्ट्र जापानका विदेश राज्यमन्त्री सुनशुके ताकेई नेपालमा मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षणका लागि नेपाल आउँदै छन् ।

    उनी निर्वाचन पर्यवेक्षणका लागि मंसिर ४ गते नेपाल आउन लागेका नेपालस्थित जापानी दूतावासले जनाएको छ ।



    मन्त्री ताकेई जापानबाट नेपाल निर्वाचन पर्यवेक्षकका रूपमा पठाइने उच्च अधिकारी हुन् । ‘नेपालको थप विकास र समृद्धिका लागि लोकतन्त्रिक शासन व्यवस्था अपरिहार्य भएकाले आसन्न निर्वाचन निष्पक्ष, पारदर्शी र शान्तिपूर्णरूपमा सम्पन्न हुनुपर्ने आवश्यकतामा जापानले जोड दिएको छ,’ दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।



    दुईदिने नेपाल बसाइका क्रममा उनले नेपालका उच्चपदस्थ व्यक्तित्वसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार