Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • बाजुरामा मुचुल्काभन्दा ४० मत बढी भेटिएपछि मतगणना रोकियो, सहमतिको प्रयास जारी

    बाजुरामा मुचुल्काभन्दा ४० मत बढी भेटिएपछि मतगणना रोकियो, सहमतिको प्रयास जारी

    अनलाइन नेपाल
  • शुक्रबार, १६ मंसिर २०७९
  • 657
    SHARES

    बाजुरा । बाजुरामा मुचुल्कामा भन्दा धेरै मत भेटिएपछि मतगणना रोकिएको छ ।

    जिल्लाको हिमाली गाउँपालिका-६, धिम मतदान केन्द्रको मतगणना गर्दा मुचुल्काभन्दा ४० मत बढी मत भेटिएपछि गणना रोकिएको हो ।



    प्रतिनिधि सभाको मतगणना गर्दा मतदान अधिकृतले मुचुल्का गरेकोभन्दा ४० मत बढी भेटिएपछि मतगणना रोकिएको हो । ४० मतलाई गणना नगर्ने गरी सहमतिको प्रयास भइरहेको छ ।



    पछिल्लो मत परिणाम अनुसार कांग्रेसका बद्री पाण्डे अग्र स्थानमा रहेका छन् भने एमालेका कर्णबहादुर थापा पाण्डेलाई पछ्याइरहेका छन् । पाण्डेले ५ हजार ३९९ मत ल्याउँदा थापाले ४ हजार १३० मत प्राप्त गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार