Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • साढे ९ लाख बराबरको सुनका गरगहना चोरी

    साढे ९ लाख बराबरको सुनका गरगहना चोरी

    अनलाइन नेपाल
  • बिहिबार, २९ मंसिर २०७९
  • 885
    SHARES

    फाइल फोटो

    काठमाडौं । मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीमा डेरा गरी बस्ने ३२ वर्षीय धीरजकुमार अरगरियाको डेराबाट रु नौ लाख ५० हजार बराबरको सुनको गरगहना चोरी भएको छ ।

    धनुषा जनकपुर उपमहानगरपालिका–२ घर भएका अरगरियाको डेराबाट सुनको गरगहना चोरी भएको हो ।



    महानगरीय प्रहरी वृत्त थिमिका अनुसार कोठामा कोही नभएको अवस्थामा अपरिचित व्यक्तिहरूले ढोकाको ताला फुटाई दराजमा रहेको सुनका गरगहना चोरी गरेको हो ।



    घटनाबारे प्रहरीले आजैदेखि अनुसन्धान अगाडि बढाएर चोरीमा संलग्नको खोजी सुरु गरेको प्रहरी वृत्त थिमिको मुद्दा शाखाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार