Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • विप्लव नेतृत्वको नेकपाले आज देशभर विरोध प्रदर्शन गर्दै

    विप्लव नेतृत्वको नेकपाले आज देशभर विरोध प्रदर्शन गर्दै

    अनलाइन नेपाल
  • शुक्रबार, १ पुष २०७९
  • 1.6K
    SHARES

    काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले विरोध प्रदर्शन गर्ने भएको छ ।

    तीन बुँदे सहमति कार्यान्वयन गर्न ल्याइएको अध्यादेश रोकेको भन्दै आज नेकपाले देशव्यापी रुपमा विरोध प्रदर्शन गर्ने भएको हो ।



    मंसिर २५ गते बसेको मन्त्रिपरिषद बैठकले मुलुकी अपराध संहिता ऐन संशोधन गर्ने अध्यादेश जारी गर्ने निर्णय गरेको थियो । सोहीअनुसार अध्यादेश राष्ट्रपति कार्यालयमा पुगेको छ ।



    तर, राष्ट्रपति विद्यादेवी भण्डारीले हालसम्म अध्यादेश प्रमाणीकरण गरेकी छैनन् । गम्भीर अपराधमा मुछिएका व्यक्तिहरूलाई पनि उन्मुक्ति दिनेगरी अध्यादेश ल्याउन खोजिएको भन्दै विरोध भइरहेको छ ।

    यता, रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी, नेकपालगायतले भने सरकारसँग विगतमा भएको सहमतिअनुसार तत्कालै अध्यादेश ल्याएर आफ्ना नेता कार्यकर्ताहरूलाई रिहा तथा उनीहरूमाथि लगाइएको मुद्दा फिर्ता हुनुपर्ने माग गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार