Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता, अध्यादेशबारे छलफल

    प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता, अध्यादेशबारे छलफल

    अनलाइन नेपाल
  • शनिबार, २ पुष २०७९
  • 657
    SHARES

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान नयाँ सरकार गठनका विषयमा छलफल भएको हो ।

    भेटमा सत्ता समीकरण, रेशम चौधरीलगायतको मुद्दा फिर्ता लिन ल्याएको अध्यादेश र विकसित राजनीतिक घटनाक्रममा विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ।



    सत्तारुढ दलबाट नयाँ सरकार गठन गर्ने निर्णय गरेपछि देउवा र प्रचण्डले आन्तरिक गृहकार्य तीब्र पारेका छन्। मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले मुद्दा फिर्ता लिन फौजदारी संहितामा संशोधन अध्यादेश जारी गर्ने निर्णय गरेको छ।



    यो अध्यादेशबाट टीकापुर घटनाका मुख्य दोषी ठहर भएका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी जेलबाट छुट्न सक्छन्।

    सिके राउत नेतृत्वको जनमत पार्टी र विप्लव नेतृत्वको नेकपाका कार्यकर्तालाई पनि जेलबाट छुटाउन कानुनी आधार बन्नेछ। तर अध्यादेशको चौतर्फी विरोध भइरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार