Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • जनतासँग गरेका बाचा पूरा हुने गरी काम गर्नू : प्रधानमन्त्री देउवा

    जनतासँग गरेका बाचा पूरा हुने गरी काम गर्नू : प्रधानमन्त्री देउवा

    अनलाइन नेपाल
  • शनिबार, २ पुष २०७९
  • 993
    SHARES

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसबाट निर्वाचित प्रतिनिधिसभाका सबै सदस्यहरूलाई बधाई ज्ञापन गरेका छन् ।

    दिउँसो ३ बजे बोलाइएको भेलामा कांग्रेसबाट प्रत्यक्षतर्फ निर्वाचित ५७ र समानुपातिकबाट निर्वाचित ३२ सांसदहरू सहभागी थिए ।



    भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले प्रतिनिधिसभामा सक्रिय भूमिका निभाउन र जनतासँग गरेका बाचा पूरा गर्ने गरी काम गर्न निर्देशन दिए ।



    सांसद्हरूलाई सम्बोधन गर्दै देउवाले भने, ‘तपाईंहरू सबै प्रतिनिधिसभाको सदस्य बन्नुभएको छ र तपाईंहरूले जित्दै गर्दा नेपाली कांग्रेस पनि ठूलो दल बनेको छ, तपाईंहरू सबैलाई बधाई छ ।’

    सभापति देउवाले सबै सांसदहरूलाई फूलमाला र खादा ओढाएर बधाई दिएका थिए । अन्य सांसदहरूबीच पनि बधाई आदानप्रदान भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार