Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • सेयर बजार घट्यो, एक अर्ब १२ करोड रुपैयाँको कारोबार

    सेयर बजार घट्यो, एक अर्ब १२ करोड रुपैयाँको कारोबार

    अनलाइन नेपाल
  • बिहिबार, ७ पुष २०७९
  • 636
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य गिरावट आएको छ ।

    साताको अन्तिम कारोबार दिन आज ०.०१ अंकले घटेर बन्द भएको हो । उक्त अंकको गिरावटसँगै नेप्से परिसूचक १८ सय ६७ अंकमा आइपुगेको छ ।



    दुई सय ४७ वटा कम्पनीकाे ३१ लाख ११ हजार कित्ता शेयर एक अर्ब ११ करोड ९७ लाख रुपैयाँमा कारोबार भए । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको १४ करोड ९९ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।



    आज कमाउने लगानीकर्तामा सृजनशील लघुवित्त, धौलागिरि लघुवित्त, आदर्श लघुवित्त, कालिका पावर र नेरुडे लघुवित्तका छन्। उनीहरुले १० प्रतिशतसम्म कमाएका छन्।

    आज १३ वटा उपसूचकहरुमध्ये तीन कम्पनीको मूल्य वृद्धि भएको छ । सबैभन्दा धेरै अन्य सूचकको २ प्रतिशतले वृद्धि भएको छ । बाँकी सबै उपसूचकहरु राताम्मै भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार