Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • आन्ध्र प्रदेशका पूर्वमुख्यमन्त्री नायडूको र्‍यालीमा भागदौड, ८ जनाको मृत्यु

    आन्ध्र प्रदेशका पूर्वमुख्यमन्त्री नायडूको र्‍यालीमा भागदौड, ८ जनाको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, १४ पुष २०७९
  • 669
    SHARES

    एजेन्सी । आन्ध्र प्रदेशको नेल्लोर जिल्लामा राज्यका पूर्वमुख्यमन्त्री चन्द्रबाबु नायडुको राजनीतिक अभियानका क्रममा भागदौड मच्चिँदा आठ जनाको मृत्यु भएको छ ।

    हाल राज्य विधानसभामा विपक्षी नेता नायडु कन्दुकुर शहरको एक सभालाई सम्बोधन गर्ने कार्यक्रम थियो । बुधबार साँझमा नायडुको गाडि उक्त क्षेत्रबाट गुडिरहेका बेला भीड सुरु भएको थियो ।



    जम्मा भएको ठूलो भीड नेतालाई भेट्न अगाडि बढ्ने क्रममा भागदौड मच्चिएको थियो । उक्त भागदौडमा कैयौं घाइते भएको र केहीको अवस्था गम्भिर रहेको बताइएको छ ।



    नायडूले रोड शो गरिरहेका बेला उनको गाडीनजिकै हजारौंको संख्यामा समर्थकहरुको भीड जम्मा भएर भागदौड सुरु भएको थियो । पार्टीले मृतकका परिवारलाई १० लाख भारतीय रुपयाँ आर्थिक सहायता दिने घोषणा गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार