Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • राप्रपाले पृथ्वीजयन्तीमा जलपान समारोह गर्ने

    राप्रपाले पृथ्वीजयन्तीमा जलपान समारोह गर्ने

    अनलाइन नेपाल
  • बिहिबार, २१ पुष २०७९
  • 798
    SHARES

    काठमाडौं । राप्रपाले ३०१औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा जलपान समारोह गर्ने भएको छ ।

    दिवसको अवसरमा सार्वजनिक बिदाको माग गर्दै आएको राप्रपाले सो अवसरमा काठमाडौंमा जलपान समारोह गर्न लागेको हो ।



    २०६२/०६३को जनआन्दोलनअघि हरेक वर्ष २७ पुसमा सरकारले राष्ट्रियस्तरमा पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने गरेको थियो ।



    तर, जनआन्दोलनयता भने सरकारले मनाउन छाडे पनि निजीस्तरमा पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउँदै आएका छन् ।

    राप्रपाले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा २७ पुसमा सार्वजनिक बिदाको माग गर्दै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार