Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • भारतसंग श्रीलंका ६७ रनले पराजित, विराटको ७३औं अन्तर्राष्ट्रिय शतक

    भारतसंग श्रीलंका ६७ रनले पराजित, विराटको ७३औं अन्तर्राष्ट्रिय शतक

    अनलाइन नेपाल
  • बुधबार, २७ पुष २०७९
  • 606
    SHARES

    काठमाडौं । विराट कोहलीको ७३औं अन्तर्राष्ट्रिय शतकको मद्दतमा भारतले पहिलो वान डेमा मंगलबार राति श्रीलंकालाई ६७ रनले पराजित गरेको छ ।

    कोहलीले दुई पल्ट जीवनदान पाए र ८७ बलमा १ सय १३ रन बनाए ।



    रोहित शर्मा र शुभमन गिलले पहिलो विकेटका लागि १ सय ४३ रनको ठोस साझेदारी गरेपछि पहिले ब्याटिङ गरेको भारतले सात विकेटमा ३ सय ७३ बनाएको थियो ।



    जवाफमा श्रीलंकाले आठ विकेट गुमाएर ३ सय ६ रन मात्र बनाउन सक्यो ।

    त्यसमा कप्तान डसुन सनका १ सय ८ रन बनाएर नटआउट रहे । कोहलीले भने आफ्नो वान डे खेल जीवनको ४५औं शतक बनाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार