Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • इंग्लिस प्रिमियर लिग : टोटेनहममाथि आर्सनलको सानदार जित

    इंग्लिस प्रिमियर लिग : टोटेनहममाथि आर्सनलको सानदार जित

    अनलाइन नेपाल
  • सोमबार, २ माघ २०७९
  • 504
    SHARES

    एजेन्सी । इंग्लिस प्रिमियर लिगअन्तर्गत गएराति सम्पन्न खेलमा आर्सनलले टोटेनहमलाई पराजित गरेको छ ।

    टोटेनहम हट्स्पर स्टेडियममा सम्पन्न खेलमा आर्सनलले घरेलु टोलीमाथि २-० गोलको जित निकालेको हो ।



    खेलको १४ औं मिनेटमा बुकायो साकाको क्रसमा टोटेनहमका गोलकिपर ह्युगो लोसिसले आत्मघाती गोल गर्न पुगे ।



    त्यस्तै खेलको ३६ औं मिनेटमा मार्टिन ओडेगार्डले गोल थप्दा आर्सनलले २-० गोलको जित निकाल्न सफल भयो। दोस्रो हाफमा टोटेनहमले केही राम्रा अवसरहरु बनाएर पनि सदुपयोग गर्न असफल रह्यो ।

    जितसँगै आर्सनलले शीर्षस्थानमा ८ अंकको अग्रता बनाएको छ। १८ खेलबाट आर्सनलको ४७ अंक छ भने दोस्रो स्थानमा म्यानचेस्टर सिटीको समान खेलबाट ३९ अंक छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार