Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • ३२ अंकले बढ्याे सेयर बजार, ३ अर्ब ७२ करोड रुपैयाँको कारोबार

    ३२ अंकले बढ्याे सेयर बजार, ३ अर्ब ७२ करोड रुपैयाँको कारोबार

    अनलाइन नेपाल
  • मंगलबार, ३ माघ २०७९
  • 477
    SHARES

    फाइल फोटो

    काठमाडौं । मंगलबार सेयर बजार ३२.७२ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार मंगलबार सेयर बजार बढेर २१८२.११ विन्दुमा पुगेको छ ।

    बजार ३२ अंकले बढेपनि कारोबार रकममा भने अघिल्लो कारोबारको तुलनामा कमी आएको छ ।



    आज २५० कम्पनीका ३ अर्ब ७२ करोड ४७ लाख ९४ हजार ५८७ रुपैयाँ बराबरको १ करोड १८ लाख ८३ हजार २८७ कित्ता सेयर ६३ हजार ४३० पटकमा किनबेच भएको छ।



    सबैभन्दा धेरै अपी पावर कम्पनीको २३ करोड २५ लाख रुपैयाँको शेयर किनबेच भयो ।

    नेप्सेको अनुसार मंगलबार तीन कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्ने कम्पनी क्रमशस् ग्रिन भेन्चर्स, आदर्श लघुवित्त र पिपुल्स हाइड्रोपावर रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार