Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • वर्षमान पुनलाई भेट्न सुमेरु अस्पताल पुगे ईश्वर पाेखरेल

    वर्षमान पुनलाई भेट्न सुमेरु अस्पताल पुगे ईश्वर पाेखरेल

    अनलाइन नेपाल
  • बिहिबार, ५ माघ २०७९
  • 699
    SHARES

    काठमाडौ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सुमेरु अस्पतालमा उपचार गराइरहेका नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनकाे स्वास्थ्य अवस्था बुझेका छन्।

    बिहीबार दिउँसाे नेता पाेखरेलले ललितपुरस्थित सुमेरु अस्पताल पुगेर स्वास्थ्य अवस्था बुझेका हुन्। उनले वर्षमानकाे स्वास्थ्यलाभकाे कामना पनि गरेका छन्।



    वर्षमान केही समयदेखि सुमेरू अस्पतालमा उपचार गराइरहेका छन् । उपमहासचिव पुन लामो समयदेखि जण्डिसबाट पीडित छन्।



    नेता वर्षमानकाे स्वास्थ्यमा सुधार आइरहेकाे र केही दिनमै डिस्चार्ज हुने अस्पताल स्राेतले जनाएकाे छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार