Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • माइत जान भनेर घरबाट हिँडेकी महिला बलात्कृत, प्रहरी जवान पक्राउ

    माइत जान भनेर घरबाट हिँडेकी महिला बलात्कृत, प्रहरी जवान पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ६ माघ २०७९
  • 444
    SHARES

    फाइल तस्विर

    दाङ । बलात्कारको आरोपमा दाङमा प्रहरी जवान पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार पक्राउ पर्नेमा सुनवल दङ्गामा कार्यरत प्रहरी जवान रामबहादुर कार्की रहेका छन् ।

    सल्यान माइत जान भनेर घरबाट हिँडेकी महिला समयमै माइत नपुगेपछि महिलाका श्रीमानले खोजी गर्दै आएका थिए ।



    घर फर्केपछि महिलाका श्रीमानले माइत समयमा नगएको बारेमा सामान्य विवाद गरेपछि श्रीमान र श्रीमती मिलि जिप्रका आएर कार्कीविरुद्ध बलात्कारमा जाहेरी दिएको प्रहरीले जनाएको छ ।



    प्रहरी जवान कार्की र ती महिलाबीच सम्बन्ध रहँदै आएको र होटलको रजिष्ट्रेशनमा पनि श्रीमान र श्रीमतीकोरुपमा पनि देखिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

    कार्कीलाई १३ दिनदेखि प्रहरी हिरासतमा छन् । उनीविरुद्ध जबरजस्तीकरणीमा मुद्दा दर्ता गरी अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार