Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • वाग्मतीमा ११ मन्त्रालय कायम, बुधबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी

    वाग्मतीमा ११ मन्त्रालय कायम, बुधबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी

    अनलाइन नेपाल
  • मंगलबार, १० माघ २०७९
  • 873
    SHARES

    हेटौँडा । वाग्मती प्रदेशमा ११ मन्त्रालय कायम राख्ने सहमति भएको छ ।

    मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले हाल कायम रहेको १४ मन्त्रालयलाई घटाएर ११ मन्त्रालय बनाउने निर्णय गरेको हो ।



    यसअघि, मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई प्रदेशका प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा गठन गरिएको पाँच सदस्यीय कार्यदलले मन्त्रालय घटाउने सुझावसहित मुख्यमन्त्रीलाई प्रतिवेदन बुझाएको थियो ।



    सो प्रतिवेदनमा वाग्मती प्रदेशमा १४ मन्त्रालयलाई घटाएर ११ मन्त्रालय बनाउन उपयुक्त हुने सुझाव दिइएको थियो । यस्तै बुधबार अपराह्नसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार