Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • आत्मदाहबारे गगनको टिप्पणी – राज्य संयन्त्र र सिस्टमको असफलता हो, सिस्टम पूरै मर्मत गर्नुपर्छ

    आत्मदाहबारे गगनको टिप्पणी – राज्य संयन्त्र र सिस्टमको असफलता हो, सिस्टम पूरै मर्मत गर्नुपर्छ

    अनलाइन नेपाल
  • बुधबार, ११ माघ २०७९
  • 870
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गरिखाने मान्छेले न्यायोचित व्यवहार पाउन यो सिस्टम पूरै मर्मत गर्ने अठोट चाहिएको बताएका छन् । बुधबार साँझ फेसबुकबाट थापाले राज्य संयन्त्र र समग्र प्रणालीको असफलताका कारण आचार्यले आत्मदाह गरेको टिप्पणी गर्दै यस्तो बताएका हुन् ।

    इलामका प्रेमप्रसाद आचार्यको आत्मदाहको घटनाबारे बोल्दै महामन्त्री थापाले थापाले अब आरोप-प्रत्यारोप वा क्षणिक भावनात्मक आवेगभन्दा पनि उनले पत्रमा उठाएका विषय र प्रसङ्गलाई सम्बोधन गर्न निरन्तर लागिरहने अठोट गर्नुपर्ने जिकिर गरे ।



    उनले गरिखाने मान्छेले न्यायोचित व्यवहार पाउन अहिलेको प्रणालीलाई पूरै मर्मत गर्ने अठोटको आवश्यकता रहेको पनि बताए ।



    ‘घटनाले आज दिनभर मनमा अनेकन कुरा खेलिरहेको छ । उनको अन्तिम पत्रमा उल्लेखित विषय र प्रसंगहरूले त झन पटक–पटक घोचीरहेको छ । यसो सोच्छु–उनको गरिखाने संघर्षका कुनै चरणमा केही भएको वा नभएको भए यस्तो हुँदैनथ्यो कि १ फेरि सोच्छु–यो कुनै व्यक्तिको असफलता मात्रै होइन यो त हाम्रो राज्य संयन्त्र र समग्र सिष्टमको असफलता हो । म, हामी सिष्टम चलाउनेको असफलता हो । कुनै एउटा पक्षको सामान्य मर्मतले मात्र हाम्रो सिष्टम ठिक हुँदैन ।

    गरिखाने मान्छेले न्यायोचित व्यवहार पाउन यो सिष्टम पूरै मर्मत गर्ने अठोट चाहिएको छ । अब आरोप–प्रत्यारोप वा क्षणिक भावनात्मक आवेग भन्दा पनि उनले पत्रमा उठाएका विषय र प्रसंगलाई सम्बोधन गर्न निरन्तर लागिरहने अठोट गर्न सकियो भनेमात्र यस्तो निराशा र विष्मय कोही नागरिकले भोग्नु नपर्ला !’ उनले समाजिक सञ्जाल फेबुुकमा उल्लेख गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार