Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • लुम्बिनी प्रदेशका सभामुख घर्तीले त्यागे माओवादीसँगको सबै आबद्धता

    लुम्बिनी प्रदेशका सभामुख घर्तीले त्यागे माओवादीसँगको सबै आबद्धता

    अनलाइन नेपाल
  • बिहिबार, १२ माघ २०७९
  • 432
    SHARES

    रुपन्देही । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती (वसन्त) ले आफू सम्बद्ध राजनीतिक दल त्याग गरेका छन् ।

    हालै लुम्बिनी प्रदेशको सभामुखमा निर्विरोध निर्वाचित भएका घर्तीले आफू आबद्ध दल नेकपा (माओवादी केन्द्र) बाट अलग भएको घोषणा गरेका हुन् ।



    बिहीबार एक विज्ञप्ति प्रकाशित गर्दै सभामुख घर्तीले संविधानको धारा १८२ अनुरूप आफू सभामुखमा निर्वाचित भएको र संसदीय व्यवस्थाभित्र तटस्थताको सिद्धान्त अनुरूप आफूले दल त्याग गरेको उल्लेख गरेका छन् ।



    सभामुख घर्ती गत मङ्सिर ४ गतेको निर्वाचनमा पाल्पा क्षेत्र नं. २ (२) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार