Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • गृहमन्त्रीको मुद्दामा आदेश आउने भएपछि सर्वोच्च परिसरमा सुरक्षा व्यवस्था कडा

    गृहमन्त्रीको मुद्दामा आदेश आउने भएपछि सर्वोच्च परिसरमा सुरक्षा व्यवस्था कडा

    अनलाइन नेपाल
  • शुक्रबार, १३ माघ २०७९
  • 570
    SHARES

    काठमाडौं । उपप्रधान तथागृहमन्त्री रवि लामिछानेको नागरिकता मुद्दाको सुनुवाइ सकिएसँगै सर्वोच्च अदालतमा सुरक्षा बढाइएको छ।

    गृहमन्त्री लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको सुनुवाइ सकिएसँगै सुरक्षा तैनाथी बढाइएको हो ।



    कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा अन्तिम सुनुवाइ सकिएसँगै अब आदेशको प्रतिक्षा भइरहेको छ।



     

    मुद्दाको सुनुवाइ सकिएसँगै जिल्ला प्रहरी परिसर काठमाडौँबाट थप टोली सर्वोच्चमा पठाइएको छ । यसैगरी प्रहरी वृत्त सिंहदरबारबाट पनि थप टोली पठाइएको प्रहरी स्रोतले जनाएको छ । यस्तै सर्वोच्चमा एसपीको कमाण्डमा नियमित टोली पनि रहेको छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा पक्ष र विपक्षमा बहस सकिएसँगै फैसलाका लागि न्यायाधीशहरु आन्तरिक गृहकार्यमा लागेका छन् ।

    फैसला आजै आउने वा मिति तोक्ने भन्नेबारे अहिलेसम्म कुनै जानकारी उपलब्ध गराइएको छैन । यो मुद्दामा सर्वोच्चले आदेश दिने या आदेशका लागि अर्को मिति तोक्न सक्ने छ। आदेशका लागि संवैधानिक इजलासमा न्यायाधीशहरु अहिले छलफलमा छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार