Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • नर्सलाई न्यूनतम पारिश्रमिक नदिनेलाई कडा कारबाही गर्ने मन्त्री गिरीको चेतावनी

    नर्सलाई न्यूनतम पारिश्रमिक नदिनेलाई कडा कारबाही गर्ने मन्त्री गिरीको चेतावनी

    अनलाइन नेपाल
  • आइतबार, १५ माघ २०७९
  • 492
    SHARES

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले नर्सहरूलाई न्यूनतम पारिश्रमिक पनि नदिने अस्पतालसहित स्वास्थ्य संस्थामाथि कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।

    आईतबार काठमाडौंमा आयोजित नेपाल नर्सिङ संघको ६१औं वार्षिक उत्सव कार्यक्रममा बोल्दै उनले न्यूनतम पारिश्रमिक नदिई नर्सहरूलाई काममा लगाउने विषय मान्य नहुने भन्दै त्यस्ता अस्पताल वा स्वास्थ्य संस्थामाथि अनुगमन गरी तथ्य र प्रमाणको आधारमा कारबाही गर्ने बताए ।



    मन्त्री गिरीले भने, ‘अहिले मैले सुनेँ– नर्सहरुले ८ हजार, १० हजारमा पनि निजी क्षेत्रमा काम गर्नुपर्ने अवस्था छ। यो भन्दा भयावह र कहालीलाग्दो अवस्था केही पनि हुन सक्दैन। त्यस्ता निजी अस्पताल र स्वास्थ्य संस्थाहरु जहाँ–जहाँ छन्, त्यसको राम्रो ढंगले मन्त्रालयबाट अनुगमन हुनेछ। र, त्यस्ता संस्थाहरुलाई आवश्यक कारबाही हाम्रो तर्फबाट हुन्छ।’



    मन्त्री गिरीले नर्सहरूको श्रमशोषण गर्ने अस्पतालसहित स्वास्थ्य संस्थाको नवीकरण नगर्नेदेखि संस्था नै खारेज गर्न सरकार बाध्य हुनेतर्फ समेत सचेत गराए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार