Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • प्रहरीको हात भाँचेको आरोपमा पक्राउ परेका व्यवसायी जरिवाना तिरेर छुटे

    प्रहरीको हात भाँचेको आरोपमा पक्राउ परेका व्यवसायी जरिवाना तिरेर छुटे

    अनलाइन नेपाल
  • सोमबार, १६ माघ २०७९
  • 639
    SHARES

    कास्की । गाडीले हानेर ड्युटीमा रहेका प्रहरी हवल्दारको हात भाँचेको आरोपमा पक्राउ परेका व्यवसायी चार हजार धरौटीमा छुटेका छन् ।

    जिल्ला प्रशासन कार्यालय कास्कीको इजलासबाट अटो व्यवसायी २५ वर्षीय सौरभ थापा सोमबार छुटेका हुन् ।



    मापसे परीक्षण गर्दा थापाले प्रहरीलाई अभद्र व्यवहार गर्नुको साथै हातसमेत भाँचिदिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।



    प्रहरीमाथि अभद्र व्यवहार गरेपछि ५ दिनअघि थापा पक्राउ परेका थिए ।

    पोखरा रामबजार भारतीय पेन्सन क्याम्पअघि गत बिहीबार राति ३ बजे थापाले चलाएको गाडीको ठक्करबाट चेकिङमा बसेका हवल्दार चित्रबहादुर वलीको हात भाँचिएको प्रहरीले जनाएको छ ।

    यसअघि पनि उनी मापसे सेवन गरेर जथाभावी सवारी चलाएको आरोपमा पक्राउ परेका थिए । गत पुस २१ गते थापाले चलाएको सवारीसाधनले लेकसाइडको खहरेचोकमा रहेको क्याटवाक क्लवको पार्किङमा राखेको कारलाई समेत ठक्कर दिएको थियो ।

    तर उनी राजनीतिक दबाबका कारण पक्राउ परे लगत्तै छुटेका थिए । उनी राजनीतिक आडमा बबण्डर मच्चाउँदै आएको आरोप छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार