Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • विद्युतीय राहदानी बनाउनका लागि अनलाइन बुकिङ खुला

    विद्युतीय राहदानी बनाउनका लागि अनलाइन बुकिङ खुला

    अनलाइन नेपाल
  • मंगलबार, १७ माघ २०७९
  • 480
    SHARES

    काठमाडौं । विद्युतीय राहदानी सहज रूपमा प्रदान गर्न एक महिनाका लागि अग्रिम अनलाइन बुकिङ खोलिएको छ । राहदानी विभागमा दैनिक १५०० का दरले अनलाइन फाराम भर्न सक्ने विभागले व्यवस्था मिलाएको हो ।

    विभागका अनुसार अब सेवाग्राहीले आफूले चाहेको समयमा फाराम भर्न पाउने छन् । हरेक दिन १५०० ले अनलाइन आवेदन दिँदा त्यसको समयावधि एक महिना तोकिएकाले सो अवधिभर जुनसुकै समयमा फारम भर्न सकिने विभागको भनाइ छ ।



    थप समयमा अग्रिम बुकिङ गर्दा अर्को महिनाको थप एक दिनका लागि हुने राहदानी विभागले स्पष्ट पारेको छ । समय सकिन लागेमा थप एक महिनाको अवधि विभागले थप गर्दै जाने पनि विभागले जारी गरेको सूचनामा उल्लेख छ ।



    अग्रिम बुकिङका लागि सर्भर खुला रहेकाले राति १० बजेसम्म अनलाइनबाट विद्युतीय राहदानीको फाराम भर्न सकिनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार