Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • एयरपोर्टभित्र अवैध रुपमा कफीसप सञ्चालन, मन्त्री किँराती र डिजी अधिकारीको रहस्यमय मौनता

    एयरपोर्टभित्र अवैध रुपमा कफीसप सञ्चालन, मन्त्री किँराती र डिजी अधिकारीको रहस्यमय मौनता

    अनलाइन नेपाल
  • शनिबार, २० फाल्गुन २०७९
  • 867
    SHARES

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिसंवेदनशिल स्टेराइल क्षेत्रभित्रको आफ्नै पसलबाट डलरसहित रंगेहात पक्राउ परेको ब्यापारी सुवास श्रेष्ठले कानून विपरित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कफीसप सञ्चालन गर्दै आइरहेका छन् ।

    श्रेष्ठले उक्त कफीसप नाताले सहोदर जेठान पर्ने गोपालबाबु श्रेष्ठको नामबाट सञ्चालन गरिरहेको उनकै निकटस्थहरुले बताएका छन् । स्टे अर्डरका भरमा विमानस्थलभित्र कफीसप र रेष्टुरेन्ट सञ्चालन गर्दै आएका श्रेष्ठले अन्तर्राष्ट्रिय स्टरायल कक्षमा कफीसप सञ्चालन गर्दै आएका छन् ।



    तत्कालिन संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेसँग सेटिङ मिलाएर विमानस्थलका निर्बतमान महाप्रबन्धक भोला गुरागाई, महानिर्देशक राजकुमार क्षेत्री, हालका महानिर्देशक प्रदिप अधिकारी र निलम्बीत महाप्रबन्धक प्रेमनाथ ठाकुरलाई प्रभावमा पारेर उनले स्टे अर्डरको भरमा कफीसप सञ्चालन गर्दै आएका छन् ।



    २०६९ चैत २६ गते श्रेष्ठले पुरानो स्टेराइल कक्षको लवीमा कफीसप सञ्चालन गर्नका लागि विमानस्थलसँग सम्झौता गरेका थिए । तर, विमानस्थलले उक्त ठाउँ भत्काई नयाँ संरचना निर्माण गर्ने भन्दै २०७६ असार १९ गते ३५ दिनभित्र सो पसल रहेको स्थान खाली गर्न कफीसप सञ्चालक श्रेष्ठलाई पत्र काटेको थियो । तत्कालिन महाप्रवन्धक राजकुमार क्षेत्रीले पत्र काटेपछि श्रेष्ठ त्यसविरुद्ध सर्बोच्च अदालत गएका थिए ।

    सर्वोच्च अदालतले २०७६ साउन २० मा श्रेष्ठले सोही स्थानमा पसल सञ्चालन गर्न पाउने गरी ‘स्टे अर्डर’ जारी गर्यो । श्रेष्ठले निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका भाइ प्रभु राणासँग सेटिङ गरी स्टे अर्डर जारी गराउन सफल भएका थिए ।

    सर्वोच्च अदालतले जारी गरेको स्टे अर्डर अनुसार श्रेष्ठले पुरानो सम्झौता भएको स्थानमा कफीसप सञ्चालन गर्न पाउनु पर्ने हो । तर, सो कफीसपबाट नै आगोलागी भएर बिमानस्थलको पुरानो स्टराईल क्षेत्रमा समेत ठूलो क्षती पुगेपछि श्रेष्ठलाई नयाँ बनेको स्टेराइल कक्षभित्र कफीसप सञ्चालन गर्न दिइएको छ ।

    सो पसलबाट सल्कीएको आगोले पुरानो स्टराईल क्षेत्रमा समेत ठूलो क्षती पुर्याएको थियो । सर्वोच्चले स्टे अर्डर जारी गरेको स्थान नै आगोलागी भएर नष्ट भएको अवस्थामा श्रेष्ठले तत्कालिन पर्यटनमन्त्री प्रेम आले र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीलगायतलाई आर्थिक प्रभावमा पारी गतल तरिकाबाट कमिटी गठन गर्न लगाई सो कमिटीको सिफारी अनुसार नियम बिपरित कफीसप सञ्चालन गर्न सफल भएका छन् ।

    नेपाल नागरिक उड्डयन प्राधिरकरणले कफीसप बन्द गराउन गरेको पत्राचारविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका श्रेष्ठले बिभिन्न मितिमा मुद्दाको पेशी अफू अनुकुलका न्यायाधीसमा नपरेपछि सार्दै आउने गरेका थिए ।

    उक्त मुद्दाको अन्तिम पेशी मिति २०७९ बैशाख २५ गतेका तोकिएको थियो । उक्त दिन आफ्नो विपक्षमा सुनुवाइ हुने आशंकामा श्रेष्ठले रहस्यमय तरिकाले आफूले दायर गरेका सबै मुद्दा नै फिर्ता लिए ।

    श्रेष्ठले सर्बोच्च आदलबाट प्राप्त आदेशकै भरमा नयाँ स्टराईल हलममा पसल संचालन गर्दे आएका थिए । जुन आदेशको भरमा श्रेष्ठलाई बिमानस्थलले पसल संचालन गर्न दिएको हो सो आदेश भएको मुद्दा नै मिति २०७९ बैशाख २५ गते फिर्ता भइसकेको छ ।

    दायर भएका सबै मुद्दा फिर्ता लिएको १० महिना पुग्नै लाग्दा पनि श्रेष्ठले अहिलेसम्म कफीसप भने निर्वाध रुपमा सञ्चालन गरिरहेका छन् ।कफीसपका कारण विमानस्थालमा परेको सुरक्षा असरका बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत मुद्दा परेको थियो ।

    तर, श्रेष्ठले कफीसप सञ्चालन गर्न पाउनुपर्ने मुद्दा नै फिर्ता लिइसकेको अवस्थामा अख्तियारले पनि कुनै कारबाही प्रकृया अगाडि बढाउन सकेको छैन । अख्तियारको मैनाता पनि रहस्यमय रहेको विमानस्थलका कर्मचारीहरु नै बताउँछन् ।

    नेपाल नागरिक उड्डयन प्राधिरकरणले कुन कानूनलाई टेकेर विना टेण्डर कफीसप अहिलेसम्म सञ्चालन गर्न दिइरहेको छ रु यो गम्भिर चासोको विषय बनेको छ ।

    यस्तो गम्भिर विषयलाई अख्तियार र प्राधिकरणले छानविन समेत नगर्नुमा श्रेष्ठबाट ठूलो आर्थिक लाभ लिएर महानिर्देशक अधिकारी पनि चुप लागेर बसेको आशंका गरिएको छ ।

    त्यसो त संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले पनि अहिलेसम्म यसविषयमा चासो नदेखाउनुलाई संयोगमात्र मान्न नसकिने विमास्थलका कर्मचारीहरु बताउँछन्

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार