Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • राष्ट्रपति निर्वाचन : पौने १२ बजेसम्म ४२१ मत खस्यो

    राष्ट्रपति निर्वाचन : पौने १२ बजेसम्म ४२१ मत खस्यो

    अनलाइन नेपाल
  • बिहिबार, २५ फाल्गुन २०७९
  • 489
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नयाँ राष्ट्रपति चयनका लागि मतदान जारी छ । बिहान पौने १२ बजेसम्म कुल ४२१ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

    जसमा प्रदेशतर्फ दुई सय १९ र संघतर्फ दुई सय दुई मत खसेको छ।



    बिहान १० बजेदेखि सुरु भएको मतदानका लागि दिउँसो ३ बजेसम्मको समय तोकिएको छ ।



    नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा संघीय सांसद र प्रदेश सभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र कायम गरिएको छ।

    राष्ट्रपति निर्वाचनमा एमालेबाट सुवासचन्द्र नेम्वाङ र आठदलीय गठबन्धनबाट रामचन्द्र पौडेल उम्मेदवार छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार