Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • इमरान खानलाई गिरफ्तार गर्ने‍ प्रहरीको तेस्रो प्रयास विफल

    इमरान खानलाई गिरफ्तार गर्ने‍ प्रहरीको तेस्रो प्रयास विफल

    अनलाइन नेपाल
  • बुधबार, १ चैत्र २०७९
  • 513
    SHARES

    एजेन्सी । पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानलाई गिरफ्तार गर्ने‍ प्रहरीको तेस्रो प्रयास असफल भएको छ ।

    मिसन ईमरान ‘अरेस्ट’ अभियानका साथ मंगलबार तेस्रोपटक खानलाई पक्राउ गर्न निवासमै पुगेको इस्लामावाद प्रहरी रित्तो हात फर्किएको हो ।



    तोसाखाना मुद्दामा प्रहरीले उनलाई पक्राउ गर्ने तयारी गरेपछि खानका समर्थकहरूको उत्तेजित भीडले प्रतिकार गरेपछि प्रहरीले उनलाई पक्राउ गर्न सकेको छैन भने लाहोरमा हिंसा भड्किएको छ।



    प्रमुख प्रतिपक्षी दल तहरीक-ए-इन्साफ (पीटीआई) का अध्यक्ष खानले प्रहरीले पक्राउ गर्न खोजेपछि मंगलबार सामाजिक सञ्जालमार्फत सहयोगको अपिल गरेका थिए।

    इस्लामावाद प्रहरी र रेन्जर्स कमाण्डो खानलाई पक्राउ गर्न उनको घर जमान पार्कमा पुगेपछि समर्थकहरूले निरन्तर सुरक्षाकर्मीमाथि ढुंगामुढा प्रहार गरेका थिए। दुई पक्षबीचको झडपमा इस्लामावादका केही प्रहरी र प्रदर्शनकारी घाइते भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार