Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • इमरान खानलाई अदालतको आदेश – आफैँ उपस्थित भएर आत्मसमर्पण गर्नू

    इमरान खानलाई अदालतको आदेश – आफैँ उपस्थित भएर आत्मसमर्पण गर्नू

    अनलाइन नेपाल
  • शुक्रबार, ३ चैत्र २०७९
  • 393
    SHARES

    एजेन्सी । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई अदालतले आत्मसमर्पण गर्न आदेश दिएको छ ।

    खानलाई पक्राउ गर्न गएको प्रहरीलाई समर्थकहरुले घेराबन्दी गरेर फर्काइदिएपछि अदालतले आफैँ उपस्थित हुन आदेश दिएको हो ।



    त्यसो नगरे प्रहरीले पक्राउ गरेर उपस्थित गराउने भन्दै अदालतले गिरफ्तारीको वारेन्ट रद्द नहुने दोहोर्‍याएर खानमाथि दबाब बढाएको हो ।



    इस्लामावाद उच्च अदालतमा खानको गिरफ्तारी वारेन्ट रद्द गर्न माग गर्दै परेको रिटमा अदालतले यस्तो आदेश दिएको हो ।

    खानविरुद्ध अहिले सरकारी संरक्षित खजना सस्तो मूल्यमा खरिद गरेर अर्बौँ रुपैयाँ बिक्री गरेको आरोपमा अदालतले गिरफ्तारीको आदेश दिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार