Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • ‘छोटा हात्ती’ चोरी गरेको आरोपमा दुईजना पक्राउ

    ‘छोटा हात्ती’ चोरी गरेको आरोपमा दुईजना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ३ चैत्र २०७९
  • 507
    SHARES

    रुपन्देही । रुपन्देहीमा सवारी साधन ‘छोटा हात्ती’ चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सिद्धार्थनगर नगरपालिका ८ का २३ वर्षीय रिवेश गुरुङ र वडा नम्बर ३ का २४ वर्षीय विवेक परियार पक्राउ परेका हुन् ।

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार यही चैत १ गते उनीहरुले सिद्धार्थनगर नगरपालिका ८ अन्नपूर्ण टोलस्थित भित्री सडक छेउमा रोकिराखेको लु१च ७८२२ नम्बरको ‘छोटाहात्ती’ चोरी गरेका थिए ।



    खोज तलासका क्रममा गयराति २ बजे सिद्धार्थनगर ९ नालन्दा स्कुल पछाडि खाली खेतमा रोकिराखेको अवस्थामा सो गाडी भेटिएको थियो ।



    गाडीभित्र शंकास्पद रुपमा बसिरहेको अवस्थामा गुरुङ र परियारलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुमाथि जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार