Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • दीपेन्द्र ऐरी र भीम सार्कीलाई नगदसहित सम्मान गर्ने भीमदत्त नगरपालिकाको घोषणा

    दीपेन्द्र ऐरी र भीम सार्कीलाई नगदसहित सम्मान गर्ने भीमदत्त नगरपालिकाको घोषणा

    अनलाइन नेपाल
  • आइतबार, ५ चैत्र २०७९
  • 528
    SHARES

    कञ्चनपुर । भीमदत्त नगरपालिकाले दुई राष्ट्रिय क्रिकेट खेलाडीलाई जनही एक लाख ५१ हजार नगदसहित सम्मान गर्ने भएको छ ।

    क्रिकेट खेलाडी दीपेन्द्रसिंह ऐरी र भीम सार्कीलाई नगरपालिकाले पुरस्कृत गर्ने भएको हो । दुवै खेलाडी नगरपालिकाका स्थायी बासिन्दा हुन्।



    हालै काठमाडौँमा सम्पन्न आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको अन्तिम खेलमा युनाइटेड अरब इमिरेट्स ९युएई०लाई पराजित गरी जिम्बाबेमा हुने एकदिवसीय विश्वकप ‘क्वालिफायर’मा पुग्न सफल भएकामा दुवै खेलाडीलाई नगद पुरुस्कारसहित सम्मान गरिने नगरपालिकाले जनाएको छ ।



    प्रवक्ता महेन्द्र खड्काका अनुसार नगरप्रमुखले सार्वजनिक कार्यक्रममै दुवै खेलाडीलाई पुरस्कृत गरिने घोषणा गरिसकेका छन् । छिट्टै कार्यपालिकाको बैठक बसेर निर्णय गरिने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार