Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • दीपेन्द्रसिंह ऐरीले यूएईमा हुने आइएल टी- २० खेल्ने

    दीपेन्द्रसिंह ऐरीले यूएईमा हुने आइएल टी- २० खेल्ने

    अनलाइन नेपाल
  • बिहिबार, २५ माघ २०८०
  • 564
    SHARES

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले यूएईमा हुने आइएल टी-२० प्रतियोगिता खेल्ने भएका छन् ।

    अलराउन्डर ऐरीले युएईको फ्रेञ्चाइज लिग गल्फ जायन्टको तर्फबाट आइएल टी-२० खेल्ने भएका हुन्।



    उनी गल्फ जायन्टसबाट आइएल टि-२० प्रतियोगिता खेल्न लागेको नेपाल क्रिकेट संघ (क्यान) ले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ ।



    यसअघि उनले क्यानडाको ग्लोबल टी-२० पनि खेलेका थिए। कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी नेपाल र क्यानडाबीचको सिरिजका लागि उनलाई आराम दिइएको थियो। ‍

    युएईको ६ टिमबीच खेल भइरहेको छ। गल्फ जायन्ट ८ खेलबाट ८ अंक जोड्दै तेस्रो स्थानमा छ। उसले समूह चरणका दुई खेल खेल्न बाँकी छ। ‍

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार