Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • पारस खड्का आबद्ध टोलीले जित्यो लिजेन्ड्स लिगको उपाधि

    पारस खड्का आबद्ध टोलीले जित्यो लिजेन्ड्स लिगको उपाधि

    अनलाइन नेपाल
  • मंगलबार, ७ चैत्र २०७९
  • 510
    SHARES

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का सम्मिलित एसिया लायन्सले लेजेन्ड क्रिकेट लिगको उपाधि जितेको छ।

    कतारको दोहामा गएराति भएको फाइनल खेलमा वर्ल्ड जायन्टसलाई ७ विकेटले हराउँदै एसिया लायन्स च्याम्पियन बनेको हो । जितका लागि १ सय ४८ रनको विजयी लक्ष्य पछ्याएको एसियाले १६ ओभर १ बलमा ३ विकेट गुमाउँदै भेट्टायो ।



    एसियाका तिलकरत्ने दिलशानले सर्वाधिक ५८ रन बनाए । त्यस्तै उपुल थरङ्गा ५७ रनमा आउट भए । जायन्ट्सका ब्रेट ली, स्मित पटेल र मोन्टी पनेसारले एकरएक विकेट लिए । त्यसअघि दोहामा टस जितेर पहिला ब्याटिङ गरेको जायन्ट्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ४७ रन बनाएको थियो ।



    उसका अलराउन्डर ज्याक्स कालिस ७६ रनमा अविजित रहे । एसियाका अब्दुर रजाकले २ विकेट तथा थिसेरा परेराले एक विकेट लिए । लिगमा एसिया लायन्स, वर्ल्ड जायन्ट्स र इन्डिया महाराज गरी तीन टोली रहेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार