Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • इमरान खानको दाबी – मलाई अदालतमै हत्या गर्ने योजना छ, भर्चुअल सुनुवाइ होस्

    इमरान खानको दाबी – मलाई अदालतमै हत्या गर्ने योजना छ, भर्चुअल सुनुवाइ होस्

    अनलाइन नेपाल
  • मंगलबार, ७ चैत्र २०७९
  • 420
    SHARES

    एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आफूलाई अदालतमै हत्याको योजना बनाएको भन्दै भर्चुअल सुनुवाईको माग गरेका छन् ।

    खानले तोशखाना प्रकरणमा शनिबारको सुनुवाईमै आफ्नो हत्याको योजना बने पनि त्यो सफल नभएको भन्दै फेरि पनि अदालतमा आफ्नो ज्यानको सुरक्षा नभएको दाबी गरेका हुन् ।



    खान शनिबार इस्लामावादस्थित उच्च अदालतको ज्युडिसियल कम्प्लेक्समा सुनुवाइका लागि पुगेका थिए । तर लाहोरस्थित घरबाट अदालत हिँडेका खान झण्डै ६ घण्टापछि अदालत पुगेर हस्ताक्षर गरेर मात्र फर्किए ।



    खानले पछिल्लो पटक उच्च अदालतका मुख्य न्यायाधीश अमर अता मन्दियाललाई चिठ्ठी लेखेर आफ्नो हत्याको योजना बनेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार