Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • ७० लाख हिनामिनाको आरोपमा खल्ती वालेटका दुई कर्मचारी पक्राउ

    ७० लाख हिनामिनाको आरोपमा खल्ती वालेटका दुई कर्मचारी पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १३ चैत्र २०७९
  • 612
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मोबाइल वालेट कम्पनी ‘खल्ती’का दुईजना कर्मचारीलाई पक्राउ गरेको छ ।

    कम्पनीको ७० लाख रुपैयाँ हिनामिना गरेको आरोपमा सन्देश स्वाँर र अनिल कार्की नाम गरेका कर्मचारीलाई पक्राउ परेका हुन् । सिआइबीका अनुसार कम्पनीले नै दिएको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिेको हो ।



    मोबाइल वालेटमा होल्डमा हुने कारोबारको हिसाब मिलाउन बनाइएको फन्डको रकम उनीहरूले डिजिटल कारोबारमार्फत आफूले प्रयोग गरी कम्पनीलाई ठगी गरेको कम्पनीको आरोप छ ।



    उनीहरुलाई गत साता पक्राउ गरिएको थियो । उनीहरूविरुद्ध ठगी तथा आपराधिक विश्वासघात मुद्दामा प्रहरीले अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार