Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • बालुवाटारबाटै हेलिकप्टरमा उडेका प्रधानमन्त्री प्रचण्ड चितवनमा

    बालुवाटारबाटै हेलिकप्टरमा उडेका प्रधानमन्त्री प्रचण्ड चितवनमा

    अनलाइन नेपाल
  • बिहिबार, १६ चैत्र २०७९
  • 555
    SHARES

    फाइल तस्विर

    चितवन । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन आइपुगेका छन् ।

    भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन निर्माण कार्य शिलान्यास तथा विमानस्थल विस्तार कार्यक्रम र कृषि तथा वन विश्वविद्यालयको दिक्षान्त समारोहमा सहभागी हुन उनी चितवन आएका हुन् ।



    सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनका नेताहरूसँग छलफल गरेर प्रधानमन्त्री प्रचण्ड चितवनका लागि उडेका थिए । उनी बालुवाटारबाटै हेलिकप्टरमार्फत चितवन आएका हुन् ।



    प्रचण्ड चितवनबाट फर्किएपछि दिउँसो २ बजे पुनः सत्ता गठबन्धनको बैठक बसेर अन्तिम नामावली तयार गर्ने तयारी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार