Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • इजरायली सेनाले गर्‍यो प्यालेस्टाइनको गाजामा हवाइ आक्रमण

    इजरायली सेनाले गर्‍यो प्यालेस्टाइनको गाजामा हवाइ आक्रमण

    अनलाइन नेपाल
  • शुक्रबार, २४ चैत्र २०७९
  • 405
    SHARES

    एजेन्सी । इजरायली सेनाले प्यालेस्टाइनको गाजा क्षेत्रमा हवाइ हमला गरेको छ । इजरायल डिभेन्स फोर्स (आईडीएफ) ले बिहीबार प्यालेस्टिनी इस्लामिक विद्रोही समूह हमासविरुद्ध कारवाही घोषणा गरेको थियो।

    प्यालेस्टिनी विद्रोही समूह हमासले गाजा क्षेत्रबाट बुधबार नौवटा रकेट इजराइलतर्फ हानेको थियो। त्यसको जवाफमा इजरायलले गाजा क्षेत्रमा हवाइ आक्रमण गरेको हो।



    गत साता इजरायली प्रहरीले जेरुसेलमस्थित अल–अस्का मस्जिदमा मुस्लिम भक्तजनमाथि कुटपिट गरेको थियो। उक्त हिंसा थप चर्किँदै गएको हो ।



    इजरायली प्रहरीले मुस्लिम भक्तजनलाई कुटपिट गरेपछि हमासले गाजा क्षेत्रबाट इजरायलतर्फ रकेट आक्रमण गरेको थियो । तर इजरायली सेनाले त्यसलाई असफल बनाएका थिए। गाजामा धेरै विमानहरू देखिएको र ठूलो विष्फोट सुनिएको बताइएको छ । तर क्षतिको विवरण आइसकेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार