Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १ जनाको मृत्यु, १२१ जनामा संक्रमण

    पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १ जनाको मृत्यु, १२१ जनामा संक्रमण

    अनलाइन नेपाल
  • बुधबार, २९ चैत्र २०७९
  • 1.5K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार १२१ जना कोरोना संक्रमित भेटिएका छन् र एक जनाको मृत्यु भएको हो ।



    मंगलबार पनि तीन महिनापछि एक संक्रमितको मृत्यु भएको थियो। यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ हजार २२ पुगेको छ।



    त्यस्तै पछिल्लो २४ घन्टामा थप १२१ जनामा कोरोना संक्रमण देखिएको छ। देशभरि ६२० जनाको पीसीआर परीक्षण गर्दा ५८ र १७५७ जनाको एन्टिजेन परीक्षण गर्दा ६३ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    त्यस्तै ८१ जना कोरोनामुक्त भएका छन्। नेपालमा सक्रिय संक्रमितको संख्या ४४५ पुगेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार