Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • चीनलाई एक लाख बाँदर बेच्ने तयारीमा श्रीलंका

    चीनलाई एक लाख बाँदर बेच्ने तयारीमा श्रीलंका

    अनलाइन नेपाल
  • बुधबार, २९ चैत्र २०७९
  • 1.2K
    SHARES

    कोलम्बो । आर्थिकरूपमा संकटग्रस्त श्रीलंकाले चीनमा एक लाखसम्म लोपोन्मुख बाँदर निर्यात गर्नेबारे विचार गरिरहेको कृषिमन्त्रीले बताएका छन् ।

    लोपोन्मुख छोटो पुच्छर भएको बाँदर (टोक मकाक) श्रीलंकामा प्रशस्तरूपमा पाइने बाँदर हो तर यसलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन) ले संकटापन्न वन्य जन्तुको रूपमा वर्गीकृत गरेको छ ।



    श्रीलंकाले लगभग सबै जीवित जनावरहरूको निर्यातमा प्रतिबन्ध लगाएको छ । देश स्वतन्त्र भएपछि सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको यो एसियाली मुलुकले प्रस्तावित बिक्रीबाट कमजोर अर्थतन्त्रमा योगदान हुने बताएको छ । विक्रीको प्रस्ताव सार्वजनिक गरिए पनि बाँदरलाई कति मूल्य लिएर दिनेभन्ने आर्थिक विवरण भने उपलब्ध गराइएको छैन ।



    कृषिमन्त्री महिन्दा अमरवीराले भने, “उनीहरूले चीनमा रहेका एक हजारभन्दा बढी चिडियाखानाका लागि बाँदर चाहेका छन् ।”

    “मैले अनुरोधको अध्ययन गर्न र हामी यो कसरी गर्न सक्छौं भनेर हेर्न एक समिति गठन गरेको छु ।”

    बाँदरले कृषिबालीलाई क्षति पुर्‍याउने र यिनीहरूको संख्या अत्यधिक भएका कारण श्रीलंकामा कृषकको शत्रुका रूपमा बाँदरलाई लिने गरिन्छ । तिनीहरूले अन्नको खोजीमा बालीनाली नष्ट गर्छन्, गाउँहरूमा आक्रमण गर्छन् र कहिलेकाहीं मानिसलाई समेत आक्रमण गर्छन् ।

    श्रीलंकाले यस वर्ष बाँदरका तीनवटै प्रजातिका साथै मयूर र जंगली बँदेललगायत थुप्रै प्रजातिलाई संरक्षित सूचीबाट हटाएको छ ।

    श्रीलंकाको पशु अधिकार समूह, ‘इन्भारोमेन्टल फाउन्डेसन’ले प्रस्तावित बिक्रीको आलोचना गर्दै ४० वर्षभन्दा बढी समयदेखि बाँदर ९मकाक० को राष्ट्रव्यापी सर्वेक्षण नभएको र पहिले उचित जनसंख्या अध्ययन गर्नुपर्ने बताएको छ ।

    फाउन्डेसनका जगत गुणवर्धनाले कोलम्बोमा पत्रकारहरूसँग भने, “मासु, चिकित्सा अनुसन्धान वा अन्य कुनै उद्देश्यका लागि वा अन्य कुनै कारण उनीहरू (चिनियाँ) किन यति धेरै बाँदर चाहन्छन् भन्ने हाम्रो जिज्ञासा रहेको छ ।

    श्रीलंकामा बाँदर संरक्षित प्रजाति होइन, तर लोपोन्मुख जनावरको अन्तर्राष्ट्रिय संकटापन्न वन्य जन्तुको सूचीमा पर्छन्,” गुणवर्धनाले भने ।

    आइयुसिएनको तर्फबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन । श्रीलंका सरकारको तथ्यांकमा ‘टोक मकाक’को संख्या २० लाखदेखि ३० लाखको बीचमा रहेको अनुमान गरिएको छ । गुणवर्धनका अनुसार बाँदर र हात्तीलगायत मानव–जनावरबीचको द्वन्द्व बढ्नुको एउटा कारण कृषि विस्तार हो । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार