Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • सुरक्षा घेरामै पूर्व सांसद अतीक र उनका भाइको विभत्स हत्या

    सुरक्षा घेरामै पूर्व सांसद अतीक र उनका भाइको विभत्स हत्या

    अनलाइन नेपाल
  • आइतबार, ३ बैशाख २०८०
  • 1.5K
    SHARES

    एजेन्सी । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा पूर्व सांसद अतीक अहमद र उनका भाइ अशरफको हत्या गरिएको छ ।

    बयानका लागि प्रयागराज ल्याइएका दुवैको मेडिकल जाँच गराउन अस्पताल लैजाने क्रममा अकस्मात हमला भएर हत्या गरिएको हो ।



    प्रहरी हिरासतमा रहेका उनीहरुको हत्या भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । विधायक राजू पालको हत्या आरोपमा दुवै जना प्रहरी हिरासतमा थिए ।



    बिहीवार यूपी पुलिसले अतीक अहमदका छोरा असद र उनका साथी गुलामलाई इन्काउन्टरमा मारेको थियो ।

    यी घटनाक्रमले शान्ति सुरक्षामा खलल पुग्ने देखेपछि प्रदेश सरकारले उत्तर प्रदेशभर धारा १४४ लागू गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार