Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • धरानमा सांसद्हरुलाई निषेध गर्ने हर्क साम्पाङको चेतावनी, बालेनले पनि जनाए समर्थन

    धरानमा सांसद्हरुलाई निषेध गर्ने हर्क साम्पाङको चेतावनी, बालेनले पनि जनाए समर्थन

    अनलाइन नेपाल
  • आइतबार, ३ बैशाख २०८०
  • 915
    SHARES

    काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले कोशीको पानी धरान ल्याउने प्रोजेक्टमा बजेट नपरे धरानमा सांसद्हरुलाई निषेध गर्ने चेतावनी दिएका छन् ।

    उनले शनिबार सामाजिक सञ्जालमार्फत यस्तो चेतानी दिएका हुन् । उनले यसपालिको बजेटमा कोशीको पानी ल्याउने प्रोजेक्ट परेन भने माननीयज्यूहरूको तीनकुने मै फोटोसहित बोर्ड राखिने बताए ।



    उनले लेखेका छन् ‘यसपालिको बजेटमा कोशीको पानी ल्याउने प्रोजेक्ट परेन भने माननीयज्यूहरूलाई धरानमा निषेध गरिनेछ १ तल तीनकुने मै बोर्ड राखिनेछ फोटो सहित को ! ख्याल नठान्नु होला ! यो फेसबुक चलाउने मान्छे धरानको नगर प्रमुख हो भन्ने नभुल्नु !’



    साम्पाङको यो अभिव्यक्तिमा काठमाडौँ महानगरका मेयर बालेन शाहले पनि समर्थन जनाएका छन् । राईको स्ट्याटसमा शाहले लेखेका छन् ‘पूर्ण समर्थन, गर्ने नै यही हो ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार