Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • चितवनमा आठ महिनापछि कोरोना संक्रमितको मृत्यु

    चितवनमा आठ महिनापछि कोरोना संक्रमितको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, ३ बैशाख २०८०
  • 534
    SHARES

    फाइल फोटो

    चितवन । कोरोना संक्रमणका कारण चितवनमा आठ महिनापछि एक जनाको मृत्यु भएको छ ।

    कोरोना संक्रमण भएर चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा उपचार गराइरहेका भरतपुर महानगरपालिका–१० का ६४ वर्षीय पुरुषको मृत्यु भएको हो ।



    चितवन स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत गिताञ्जली ढकालले शनिबार राति उनको मृत्यु भएको जानकारी दिए ।



    योसहित चितवनमा कोरोना सक्रमित भएकामध्ये हालसम्म ४५१ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयको विवरणमा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार