Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • स्वास्थ्य मन्त्रालयले भन्यो – कोरोना सङ्क्रमण देखिए ७ दिनसम्म आइसोलेशनमा बस्नू

    स्वास्थ्य मन्त्रालयले भन्यो – कोरोना सङ्क्रमण देखिए ७ दिनसम्म आइसोलेशनमा बस्नू

    अनलाइन नेपाल
  • बुधबार, ६ बैशाख २०८०
  • 732
    SHARES

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमण देखिएमा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह गरेको छ।

    मन्त्रालयले कोरोना भाइरस सङ्क्रमणको कारणले ज्वरो र सास फेर्न कठिनाइ भएको अवस्थामा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह गरेका हो ।



    मन्त्रालयले आइसोलेशनमा बसेर बाहिर निस्केपनि अरु मानिसको सम्पर्कमा नजानसमेत आग्रह गरेको छ ।



    मन्त्रालयले आइसोलेशनमा रहेकाले मिलेसम्म छुट्टै शौचालय भएको प्रशस्त हावा आउने छुट्टै कोठामा बस्ने तथा नाक, मुख र चिउडो छोपिने गरी मास्क लगाउने र प्रयोग गरिएको मास्कको उचित व्यवस्थापन गर्ने तथा बेला बेलामा साबुन पानीले हात धुन आग्रह गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार