Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • फेरि विश्वासको मत लिँदै कर्णालीका मुख्यमन्त्री शर्मा

    फेरि विश्वासको मत लिँदै कर्णालीका मुख्यमन्त्री शर्मा

    अनलाइन नेपाल
  • आइतबार, १० बैशाख २०८०
  • 546
    SHARES

    सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने भएका छन् ।

    मुख्यमन्त्री शर्माले विश्वासको मत लिन प्रदेशसभा सचिवालयमा विश्वासको मत लिने प्रायोजनसम्बन्धी पत्र दर्ता गराएका हुन् ।



    शर्माले यसअघि दुई पटक विश्वासको मत लिइसकेका छन् । पहिलो पटक ६ माघमा विश्वासको मत लिएका उनले १७ चैत्रमा दोस्रो पटक विश्वासको मत लिएका थिए ।



    त्यो बेला नेकपा एमाले, कांग्रेस, समाजवादी र स्वतन्त्र सांसदको मत पाएका थिए ।

    तर, राष्ट्रिय राजनीतिमा कांग्रेससँग सत्ता सहकार्य गरेर अघि बढिरहेको अवस्थामा प्रदेशमा पनि त्यही लागू हुने भए पनि २७ चैत्रमा एमालेले समर्थन फिर्ता लिएको थियो । त्यसयता शर्माले कांग्रेसलाई सरकारमा सहभागी गराएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार