Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • एन्फा र साउदीबीच फुटबल विकास कार्यक्रमका लागि सम्झौता

    एन्फा र साउदीबीच फुटबल विकास कार्यक्रमका लागि सम्झौता

    अनलाइन नेपाल
  • शनिबार, १६ बैशाख २०८०
  • 525
    SHARES

    काठमाडौं ।अखिल नेपाल फुटबल संघ (एन्फा) र साउदी अरेबिया फुटबल महासंघबीच फुटबलको पारस्परिक हितका गतिविधिहरु संयुक्त रुपमा संचालन गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ।

    एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र साउदी फुटबल महासंघका अध्यक्ष यासेर अल मिसेलले रियादमा सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। सम्झौता एक वर्षको लागि मान्य हुनेछ।



    यस सम्झौताको उद्देश्य फुटबलको पारस्परिक हित, प्रवर्द्धन, विकास र सफलताका लागि दुई फुटबल संघहरूबीच सुदृढ सम्बन्ध विकास गर्न विभिन्न क्षेत्रमा सहकार्य र सहयोगको रूपरेखा तय गर्नु रहेको छ।



    दुवै संघले महिला र पुरुष राष्ट्रिय टोलीका लागि मैत्रीपूर्ण खेल खेल्ने बताइएको छ। दुवै पक्षले युवा विकास र युवा कार्यक्रम सम्बन्धी आदानप्रदान कार्यहरू गर्न पनि सहमति भएको छ। एन्फा र साउदीले विभिन्न प्रशिक्षक तालिम कार्यक्रमहरू पनि हुनेछन् र प्रशिक्षकको तालिममा मिलेर काम गर्नेछन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार