Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ

    छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २१ बैशाख २०८०
  • 1.2K
    SHARES

    दाङ । दाङमा आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बुवालाई पक्राउ गरेको छ ।

    इलाका प्रहरी कार्यालय तुल्सीपुरका अनुसार १४ वर्षीया बालिकाले आफूमाथि बलात्कार भएको भन्दै गत वैशाख २ गते उजुरी दिएपछि ३७ वर्षिय बुवालाई पक्राउ गरिएको हो ।



    पिडितकी आमा विदेशमा छन् । घरमा कोही नभएको बेला बाबुले आफूलाई पटक–पटक बलात्कार गरेको छोरीले प्रहरीलाई दिएको जाहेरीमा उल्लेख गरेकी छिन् ।



    पछिल्लो पटक गत चैत्र ३० गते बुवाले बलात्कार गरेको जाहेरीमा उल्लेख छ । पक्राउ परेका बुवामाथि हाडनाता करणीको मुद्दामा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार