Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • गण्डकी प्रदेशमा दीपक मनाङे खेलकुद मन्त्री बन्ने

    गण्डकी प्रदेशमा दीपक मनाङे खेलकुद मन्त्री बन्ने

    मन्त्रालय बाँडफाँट : कांग्रेस ४, माओवादी २ र नेकपा एस १ मन्त्रालय

    अनलाइन नेपाल
  • मंगलबार, २६ बैशाख २०८०
  • 843
    SHARES

    कास्की । गण्डकी प्रदेश सरकार सत्ता गठबन्धनमा मन्त्रालय बाँडफाँटमा सहमति जुटेको छ ।

    जसअनुसार प्रमुख सत्ता घटक नेपाली कांग्रेसले मुख्यमन्त्रीसहित चार, नेकपा माओवादी केन्द्रले दुई र नेकपा (एकीकृत समाजवादी) ले एक मन्त्रालाय पाउने भएको हो ।​



    कांग्रेसको प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेका अनुसार मन्त्रालयगत बाँडफाँट भने अझै टुङ्गिन बाँकी छ । मन्त्रालयको बाँडफाँट मिलेपछि दलहरुले मन्त्रीको नाम टुङ्ग्याउने प्रमुख सचेतक न्यौपानेले बताए । प्रदेशसभामा राजीव गुरुङ उर्फ दीपक मनाङे नेकपा एसका एक्लो सदस्य हुन् ।



    मनाङ–१ (२) बाट स्वतन्त्र उम्मेदवारी दिएर निर्विरोध निर्वाचित भएका उनी पछि नेकपा एसमा प्रवेश गरेका थिए । उनले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाउने लभग पक्का जस्तै छ ।

    प्रदेशसभामा सत्तारुढ दलतर्फ सबैभन्दा बढी कांग्रेसका २७ र माओवादी केन्द्रका सात (सभामुखबाहेक) प्रदेशसभा सदस्य छन् । अन्य दलहरुको मन्त्रालयगत बाँडफाँट भने अझै टुङ्गिन बाँकी रहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार