Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • लुम्बिनीमा आज मन्त्रिपरिषद् विस्तार हुँदै

    लुम्बिनीमा आज मन्त्रिपरिषद् विस्तार हुँदै

    अनलाइन नेपाल
  • सोमबार, ८ जेष्ठ २०८०
  • 525
    SHARES

    लुम्बिनी । लुम्बिनी प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै छ ।

    रिक्त रहेका ६ मध्ये दुई मन्त्रालयमा मन्त्री नियुक्त गर्न लागिएको हो । आइतबार बसेको लुम्बिनी प्रदेश मन्त्रीपरिषदको बैठकले मन्त्रालयको संख्या थपघट नगर्ने र राज्यमन्त्री पनि नराख्ने निर्णय गरेको छ ।



    उसका कारण चार रिक्त मन्त्रालयमा आज दुई जनालाई मन्त्री बनाउने तयारी भएको हो । कांग्रेसबाट राजु खनाल र जसपाबाट भण्डारीलाल अहिर मन्त्री बन्दै छन् ।



    दुई मन्त्री थपिए पनि लुम्बिनी सरकारले पूर्णता पाउने छैन । कांग्रेस र माओवादीबाट दुई–दुई मन्त्री नियुक्त हुन बाँकी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार